खेलकुद

सुजन र सुनिलको जोडीले बाजी मारे !

काठमाडौं । ललितपुर जिल्ला खेलकुद बिकास समितिका सुजन खतिवडा तथा सुनिल योञ्जनको जोडी राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सव खेलकुद दिवशको अवसरमा आयोजित ब्याडमिन्टन पुरुष युगलको उपाधी जित्न सफल भएका छन् ।

खतिवडा र योञ्जनको जोडीले राष्ट्रिय खेलकुद परिषद् खेलकुद बिज्ञान प्रतिष्ठानका तुलसी नारायण महर्जन र बिकास बिक्रम शाहको जोडीलाई २१ । १९, २१ । ११ ले पराजित गर्दै जित हात पारेका हुन् । तेश्रो स्थानमा गत बर्षका बिजेता युवा तथा खेलकुद मन्त्रालयका लक्ष्मी प्रसाद भट्टराई र सागर सिग्देलको जोडी तथा केन्द्रका फणिन्द्र पौडेल र श्याम अधिकारीको जोडी रहे ।

यस्तै महिला तर्फको उपाधी खेलकुद बिज्ञान प्रतिष्ठानकी रिता मैया प्रजापती र तालिम तथा प्रशिक्षण विभागकी रेखा बस्नेतको जोडीले हात पा¥यो । प्रजापती र बस्नेतको जोडीले ललितपुर जिल्ला खेलकुद बिकास समितिका रिता चौलागाई र बिमला जोशीको जोडीलाई २१ । १३ र २१ । १२ ले पराजित ग¥यो । केन्द्रका राधा श्रेष्ठ र सरस्वती के.सी.को जोडी र सिता अधिकारी र गुञ्जु गुरुङ्गको जोडीले तेश्रो स्थानमा चित्त बुझायो ।