खेलकुद

मनिषको अध्यक्षतामा जिल्ला संघ गठन

काठमाडौं । मनिष भण्डारीको अध्यक्षतमा दैलेख जिल्ला फुटभली संघ गठन भएको छ ।

नेपाल फुटभली संघका केन्द्रिय प्रतिनिधी प्रेम बहादुर शाही र दैलेख जिल्ला खेलकुद बिकास समितिको उपस्थितीमा भएको सभाले जिल्ला संघको उपाध्यक्षमा आश्विन श्रेष्ठ, सचिवमा रमेश कुमार योगी, सहसचिवमा प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा सौरव चन्द रहेका छन् ।

यस्तै, सदस्यहरुमा आश्विन मल्ल, सागर नेपाली, राजेश नेपाली, संजीव बि.सी., गोपाल बि.सी., सुमित श्रेष्ठ, आशिष श्रेष्ठ, सुजन शाही, पवन शाही र सुवाष शाही रहेको नेपाल फुटभली संघका महासचिव दामोदर “बद्री” भट्टराईले जानकारी गराए ।