लुम्बिनी

अब बाँकेलाई यसरी गरिदैछ साक्षर जिल्ला घोषणा

नेपालगञ्ज । बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न यहाँका सबै स्थानीय तहले प्रक्रिया अघि बढाएका छन् ।

अहिले स्थानीय तहमार्पmत वडामा साक्षर र निरक्षर नागरिकको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र आगामी फागुन ७ गते साक्षर जिल्ला घोषणा गरिने योजना छ । उक्त कार्यका लागि सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेकोे छ । नेपालगञ्जस्थित जिल्ला शिक्षा तथा समन्वय इकाइले सबै स्थानीय तहका प्रमुखसँग एक चरणको छलफल गरी जनप्रतिनिधिलाई आ–आफ्नो क्षेत्रका प्रत्येक घरमा गएर तथ्याङ्क सङ्कलन गर्न र निरक्षरका लागि विशेष कक्षा सञ्चालन गरेर उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई साक्षर घोषणा गर्न आग्रह गरेको छ ।

एकाइ कार्यालयका प्रमुख गोरखबहादुर थापाका अनुसार सबै स्थानीय तह साक्षर घोषणा भइसकेपछि जिल्लालाई साक्षर घोषणा गरिनेछ । विसं २०६८ को जनगणनाअनुसार जिल्लामा ६३ प्रतिशत मानिस साक्षर छन् । साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९५ प्रतिशत मानिस साक्षर हुनैपर्ने प्रबधान छ ।