प्रदेश 2

सर्पको टोकाइबाट वृद्धाको मृत्यु

राजविराज । सप्तरी महदेवा गाउँपालिका–४ मा सर्पको टोकाइबाट बुधबार एकजना वृद्धाको मृत्य भएको छ ।

मृत्युहुनेमा सोहि ठाउँबस्ने ६० वर्षीया मूर्तिदेवी राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै धान खेतमा काम गर्ने क्रममा उनलाई सर्पले टोकेको थियो । सर्पको टोकाइबाट सिकिस्त भएकी रामलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही दिनयता बढेको अत्यधिक गर्मी र बाढीका कारण पूर्वी तराई मधेशमा सर्पको बिगबिगी बढेको पाइएको छ ।