मनोरञ्जन

चलचित्र छक्का पन्जा-३ अफिसियल पोस्टर सार्बजनिक

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा सर्बाधिक चर्चा कमाउन सफल चलचित्र ‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। अघिल्लो बर्षहरुको सर्बाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को सिक्वेलमा बनेको फिल्म ‘छक्का पञ्जा ३’को पोस्टर संबिधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ ।

यस अघि फिल्मको गीतहरु ‘पहिलो नम्बर’ र पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छू सार्वजनिक भइसकेको छ। पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाह गरेका सबै कलाकारहरुको अनुहार समेटिएको छ।

फिल्ममा मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउत लगायतका कलाकारले मुख्य भूमिका निभाएका छन्।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।