आर्थिक

शिखरका विल्कुलै नयाँ डिजाइनका जुत्ता बजारमा

काठमाडौं । जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छटलगायतका चाडबाडलाई लक्षित गरेर १ सय भन्दा बढी नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको हरेक बर्षहरुझैँ शिखरले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी ब्यक्तित्वहरुलाई लक्षित गरेर हरेक सिजनमा नयाँ डिजाइनका जुत्ता उत्पादन गर्दै आएको हो ।

दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने अबसर पनि भएकाले ग्राहकलाई उनीहरुको रोजाइ अनुसारको जुत्ता उपलब्ध गराउन बजारमा आएका भन्दा विल्कुलै नयाँ डिजाइनका जुत्ता बजारमा ल्याईएको शिखरले जनाएको छ ।

नयाँ जुत्तामा पार्टी सुजका २५ भन्दा बढी डिजाइन, स्पोर्टस् सुजका २५ भन्दा बढी डिजाइन, क्याजुअल सुजका २५ भन्दा बढी डिजाइन र अन्य जुत्ताका २५ भन्दा बढी डिजाइन छन् ।

नेपाली जुत्तामध्ये धेरै ग्राहकको रोजाइमा परेर नम्बर एक ब्राण्ड बन्न पुगेको शिखरले लेडिज तथा जेन्स स्यान्डल, पार्टी शु, कलेजरस्कुल शु, अफिसियल शु, क्याजुअल शु र स्पोर्टस्लगायतका जुत्ता बजारमा ल्याएको छ ।

शिखरले राजधानीलगायत देशैभर आफ्नै सोरुम र वितरकहरुमार्फत जुत्ता बेच्दै आएको छ । उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् ।

नेपालमा सबैभन्दा ठूलो पूर्वाधार भएको जुत्ता उद्योगमा शिखर अग्रपंक्तिमा आइपुगेको छ । कम्पनीले ग्राहकलाई ढुक्क भएर जुत्ता लगाउन सक्ने गरी आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टीसमेत दिदै आएको छ ।