सामाजिक सञ्जाल

ओली र सिके रावतको राष्ट्रवाद एउटै होः कांग्रेस नेता गुरुङ

काठमाडौं । नेपाली काग्रेसका युवा नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्कली राष्ट्रवादीको संज्ञा दिएका छन् । नेता गुरुङले सरकारका गलत कार्यका विरुद्ध खबरदारी गर्ने नागरिकमाथि अरिङ्गाल झैँ खनिन निर्देशन दिने तर बिखण्डनकारीहरुको विरोधमा केही नबोल्ने प्रधानमन्त्री ओलीको नबुझेको नक्कली राष्ट्रवाद यही हो भनी प्रश्न गरेका हुन् ।

“सरकारको नालायक कार्यको बिरोध गर्ने नागरिक माथी अरिङ्गाल झैं खनिनु पर्छ भन्ने प्रम ओलीले देश टुक्र्याउने कुरा गर्ने यि देशद्रोहीहरुलाई भने नदेख्दो रहेछ।, नेता गुरुङले फेसबुक स्टाटसमा लेखिएको छ, सायद धेरैले नबुझेको ओलीको राष्ट्रवाद यही हो।”

विखण्डनकारी भनिने सिके रावतले एक मधेश एक प्रदेशको नारा लगाउदैँ आएका छन् । बुधबार मात्रै उनको नेतृत्वमा दुई नम्बर प्रदेशमा संविधान दिवसको दिन कालो दिन मनाइएको छ । उनीसहित उनका कार्यकर्ताहरुले मधेश नेपाल होईन, मधेश एसियाको नयाँ देश हो, लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।