काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । आकाशभित्रको बादल होस् या पातालको पानी जहाँबाट भएपनि एक साताभित्रै बलात्कारी पत्ता लगाउने उनले दावा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारवाही गर्न माग गरी दिएको ज्ञापनपत्र बुझ्दै उनले पन्त हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष सार्वजनिक गरिने बताए ।
यो पनि पढ्नुहोस्:-
आईजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र





