काठमाण्डौ । उद्योगपति विनोद चौधरीले राजनीतिक दलहरुले राम्रालाई भन्दा हाम्रालाई काखी च्यापेको भन्दै आपत्ती जनाएका छन् । नेपाली काँग्रेसबाट समानुपातीकतर्फबाट साँसद समेत बन्न सफल भएक चौधरीले राजनीतिक दलका नेताहरु र कर्मचारीहरुको गलत सम्बन्ध भएको र उक्त सम्बन्धले मुलुकमा भ्रष्टाचार बढेको दाबी गरेका छन् ।
जनताततै भ्रष्ट कर्मचारीको हालीमुहाली भएको आरोप लगाउदै यसबाट मुलुकको भबिश्य नै अन्धकार भएको आँकलन गरेका छन् । ०६४ सालको संबिधानसभा निर्बाचनमा तत्कालीन नेकपा एमालेबाट समानुपातीक सूचीम साँसद बन्न सफल भएका चौधरी पछिल्लो निर्बाचनमा काँग्रेसबाट समानुपातिकमै साँसद बन्न सफल बनेका थिए ।
वाईवाई लगायतका उत्पादनशीय व्यावशायमा लगानी गरेका चौधरी विश्वमा नै अरबपतीको सूचीमा पर्ने एकमात्र भाग्यमानी नेपाली हुन् । उनी चौधरी ग्रुप नामक व्यावशायीक घरनाका अध्यक्ष समेत हुन् । उनलाई संसारको नै धनी भएपनि कम कर तिरेको आरोप लाग्ने गरेको छ ।
उनी भन्छन्, “आज राष्ट्रको सबैभन्दा ठूलो र गम्भीर समस्या भनेको सरकार र कर्मचारीतन्त्रबीचको गलत सम्बन्ध हो । राजनीतिक दलले राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्ने गलत परिपाटीका कारण जताततै कमजोर र भ्रष्ट कर्मचारीको हालिमुहाली छ । कामले भन्दा बढी दामले सेवा गर्न थालेपछि मुलुक कता जान्छ?”






