समाचार

बिमानस्थल आक्रमण गर्ने साँसद शाहलाई पक्राउ गर्न प्रहरीले काट्यो पत्र, प्रकाउ पर्दै छन् उनी

धनुषा । राजपाका साँसद प्रमोद शाहलाई पक्राउ गरेरजिल्लामा बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी काठमाण्डौलाई पत्र काटेको छ । सोमबार बिमानस्थलमा बिरामीलाई वास्ता नगरेको भन्दै तोडफोड गरेपछि ‘जनताले दिएको मतको अपमान भइरहेकोले चुप लागेर बस्न सकिन्न । यो गल्ती हो भने कारवाही भोग्न तयार छु ।’ भन्दै फेसबुकमा लेखेका शाहलाई पक्राउ गर्न लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताएका छन् ।

नागरिक उड्ययन कार्यालयका प्रमुख सन्तोष ढकालले प्रहरीमा उजुरी गरेपछि प्रहरीलाई पक्राउ गरी अनुसंधान गर्न बाटो खुलेको हो । राजपाबाट निर्बाचित भएका प्रतिनिधि सभा साँसद शाहले आफूले रीसको झ्वाकमा बिमानस्थलका कर्मचारी र एयरलाईन्सले बेवास्ता गरेका कारण लात्ती हानेको स्वीकार गरेका छन् ।