काठमाडौं । राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीले वर्तमान ओली नेतृत्वको सरकार असफलताको बटोतिर गएको बताएका छन् । मुलुकका सबै नागरिकको जिवन असफलतामा गएको सन्र्दभमा सरकारमा भएका विशिष्ट व्यक्तिहरु मात्रै सफल भएकोलाई सफलता भएको भन्न नमिल्ने बताए ।
एक टेलीभिजनमा अन्र्तवार्ता दिने क्रममा के सीले मुलुकमा भैरहेका हत्या, हिँसा, बलात्कार जस्ता जस्ता अपराधलाई निराकारण हुन नसक्नुले सरकार असफलता तिर गएको पुष्टि हुने बताएका छन् । सरकारले मुलुकका युवा व्यक्तिलाई बिदेश जानलाई रोकि रोजगार दिनसके, मुलुकमा उद्योगहरु स्थापना भए, निर्मला जस्ता तमाम छोरीले मर्नु नपरे र मुलुकमा शान्ति सुरक्षा दिनसकेमा मात्रै सरकार सफलता तिर गएको मान्न सकिने बताएका छन् ।
सरकारले कुनै पनि अपराधिक प्रकरणमा कुनै पार्टी, सत्ता पक्ष वा विपक्षको पुर्वाग्रही नभई निश्पक्ष छानबिन गर्नुपर्ने पनि बताएका छन् । यस्तै राजनितीमा अपराधिकरण बढ्दै गएकाले अजता आक्रोसित हुन थालेकोले तत्काल मुलुकका राजनितीक व्यक्तिको ब्यबहारमा परिवर्तन नआए मुलुकमा दुर्घटना निम्तने बताएका छन् । सरकारबाट विश्वास घट्दै गएको उदाहाराण अहिले सञ्चारमाध्यमहरुमा देख्नसकि कुनै समस्या परे सरकारमा जानु पर्नमा सञ्चारमाध्यमा मा जनता जानुले पुष्टि हुने बताएका छन् ।
यस्तै उनले एकाईसौ शताब्दीमा मुख्य कुरा औद्योगीकरण र कृषिको व्यवसायीकरण भएको बताउँदै सरकारले कृषि क्षेत्रमा जनतालाई उपेक्षा गरेको पनि बताएका छन् । यसो गर्न नसकेको बताएका छन् । कृषिप्रधान मुलुकमा खरबौं रकमको कृषिजन्य उत्पालदनको आयात गरि सरकारले ठुला–ठुला भाषण लगाउनु हाँस्यासपद भएको उनको भनाई छ ।
सरकार हरेक विकाश निर्माणको कामदेखी लिएर हरेक कुरामा असफल बन्दै गएको छ, मुलुककै राजधानीका सडकहरु कुै गाउँको सडक झैं छन् तर बिदेशि पाहुना आउँदा सरकारले एकदिने विकाश गरेको हुन्छ उनले भने ।
गणतन्त्रले जनताको समस्या समाधान गर्न नसकेको उनले बताए । उनले सरकारका गलत कार्यका विरुद्धमा बोल्न सबैलाइ अधिकार भएको उनको भनाई । यस्तै कृषबहादुर महरा प्रकरणमा राजनीतिक प्रतिसोध मात्रै भएको बताएका छन् । डा केसी भ्रष्टचार र अनियमीतताका विरुद्धमा खरो बोल्ने राजनीतिक विश्लेषका पर्दछन् ।





