काठमाडौँ । डेली रोलिङ मिडिया एण्ड इभेन्ट्सले यही पौष ९ गतेदेखि १३ गतेसम्म काठमाडौको भृकुटिमण्डप प्रर्दशनी हलमा ‘द काठमाडौँ ट्रेड सो २०१९’ आयोजना गर्ने भएको छ । उक्त मेलमा भारत, चीन, बंगलादेश, पाकिस्तान र नेपाल लगायत देशहरुको करिब १५० स्टल रहने छन् । यस मेलामा नयाँ नौला बलिया र टिकाउ सामानको प्रर्दशनी तथा बिक्री वितरण हुनेछ ।
नेपालमा निर्मित तथा अयातित बस्तुहरुको वृहत प्रदर्शनी गर्नु र प्रदर्शकको वित्तिय लेनदेनलाई अझ फाईदा जनक बनाउनु यस मेलाको मुख्य लक्ष्य रहेको छ । लत्ता कपडा, खाद्यान्न, घरायसी सरसमान, देखि ठूलाठूला औजार, सवारी साधान र घर निर्माण सम्मका स्टलहरु यस मेलामा रहने छन् । सन् २०२० को भिजिट नेपाल २०२० लाई लक्ष्य गरी सो सम्बन्धित कार्यक्रम पनि यस मेलामा हुने छन् । क्रिसमसको बेला परेकाले र दर्शकहरुको संख्थामा उल्लेखनिय वृद्धी गर्ने उद्दश्यले मेललाई रङ्गीचङ्गी झिलिमिलि सझाउनका साथै मेलालाई बेलुकाको ८ बजे सम्म खुल्ला राख्ने गरी यस मेलाको डिजाइन गरिएको छ भने पहिलो दिन सांगीतिक कार्यक्रमको समेत आयोजना गरीने छ । मेलापुर्ण रुपमा व्यावसायिक र मनोरञ्जनात्मक हुने आयोजक मध्येका एक धिरज ढकालले जानकारी दिए।
पर्यटन प्रवद्र्धनका लागि केही स्टलहरु सहुलियत मूल्यमा बिक्रि गरी नेपालको भेषभुषा, मौलिक खाद्यान, संस्कृती र मौलिक सर सामानको प्रदर्शनीपनि यस मेलामा समावेश हुनेछन् । काठमाडौँ र सिङ्गो नेपालको कला संंस्कृति भेषभुषा रहन सहनअनुसारको व्यापार व्यावसाय गरे अझ फाईदा हुने हुनाले यस मेलालाई ‘ट्रेड इन्फ्ल्युन्स वाइकल्चर’को ढा“चामा आयोजना गर्न लागीएको अर्का आयोजक रोसन अधिकारीले बताए ।





