आर्थिक

बैंकर संघका अधिकारीसंग मन्त्रीले भने, ‘पर्यटन बर्ष सफल बनाउन सहयोग गर्नुस्’

काठमाडौं । साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० सफल पार्न बैंकिङ क्षेत्रका सबैलाई लाग्न आग्रह गर्दै त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलले नथेग्ने हुँदा त्यसका लागि निजगढ बिमानस्थल जरुरी भएको बताएका छन् ।

मन्त्रालयमा भएको कार्यक्रममा बोल्दै भैरहवा र पोखराले पनि काठमाण्डौं बिमानस्थलको चाप घटाउन मद्धत गर्ने भन्दै मन्त्रालयले आवश्यकता अनुसार अगाडी बढ्ने तर्क गरेका छन् ।

कार्यक्रममा मन्त्रीका साथसाथै सचिव केदार अधिकारी, पर्यटन बोर्डका प्रमुख दीपक जोशी लगायतका अधिकारीहरुले भ्रमण बर्ष सफल पार्न सहयोग गर्न सबै पक्षलाई आग्रह गरेका थिए ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा कुञ्जेली, बैंकर संघका नबनिर्बाचित अध्यक्ष भूवन दहाल लगायत बैंकर एशोशिएशनका प्रथितनिधिहरुसँगको भेटमा मन्त्री अधिकारीले उक्त कुरा बताएका हुन् ।