बाग्मती

प्रदेश-३ का मुख्यमन्त्री पौडेललाई धम्की दिने पाण्डे समातिए..

काठमाडौं । प्रहरीले प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेललाई धम्की दिएको आरोपमा एक जनालाई समातेको छ ।

आज(सोमबार) महानगरीय अपराध अनुसन्धान महाशाखाले नुवाकोटका पुष्पराज पाण्डेलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।

मुख्यमन्त्री पौडेललाई फोन तथा सन्देशमार्फत् धम्की दिएको प्रहरीले जनाएको छ ।

आरोपित पाण्डे  स्थानीय जलसम्पदा तथा वातावरण कोषका अध्यक्ष रहेको स्रोतले बतायो । उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।