काठमाडौं । भ्रष्टाचार बिरोधी अभियान्ता शानेन्द्र शाहीले माईतीघरको सभामार्फत एमसीसीको बिरोध गरेका छन् । नागरिकको हितविपरीत एमसीसी सम्झौता गर्ने अधिकार कसैलाई पनि छैन भन्दै अमेरिकाले एमसीसीमा आफ्नो सेनाले कुनै स्वार्थ नलिएको दाबी गलत भएको भन्दै काँग्रेस र नेकपाले गलत कार्य गरेको दाबी गरे । शाहीले कुनै समय आतंककारीको नाम दिएको अमेरिकाको सहयोग पुष्पकमल दहालले स्वीकारेर गलत गरेको बताए । एमसीसी नेपाल कब्जा गर्ने अमेरिकाको रणनीति भएको भन्दै सबै मान्छे पीएचडी गरेरमात्र विद्वान नहुने बताए ।
किताव पढेर कोहीपनि विद्वान हुन नसक्ने बताउँदै एमसीसी पारितका पक्षमा बोल्ने जोकोही पनि गलत भएको बताए । उनले मीडीया, राजनीतिक दल लगायतले पैसा खाएर एमसीसीको समर्थन गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउँदै अमेरिका र युरोपीयन युनियनले नेपालका बिरुद्ध गम्भीर षढ्यन्त्र शुरु गरेको बताए । नेपाललाई जातजातीबीच झगडा लगाउने उद्देश्वस्वरुप अमेरिकाले नेपालका बिरुद्ध दलाली गरेको हो । ईण्डोनेशिया लगायतका बिभिन्न देशमा एमसीसी लागू भएका स्थानमा कुनै देशले सुख नपाएको बताएका छन् । आफूहरु मर्न तयार छौं तर एमसीसी पास गरे देखलाई भीख माग्ने कार्य गर्न नसकिने बताए ।
ईराकको गद्दाफी, ईरानको जर्नेल मार्दा अमेरिका नाचेको हेर्न ध्यानाकर्षण गर्दै प्रचण्ड र प्रधानमनत्रीले अमेरिकाले आफ्नो स्वार्थका लागि कसैलाईपनि आन्द्राभुंडि निकाल्न पछि नपर्ने हुँदा होशियार रहन आग्रह गरेका छन् । श्रीलंकामा एमसीसी पास हुन नदिएको त्यासै नभएको भन्दै शेरबहादुर देउवा, प्रचण्ड र ओलीले अमेरिका जहाँ छिर्यो त्यहाँ आगो लगायो भन्ने कुरालाई ध्यान दिन आग्रह गरे । प्रधानमन्त्रीको ४० प्रतिशत खर्च घटाउँदा मात्र एमसीसीको डबल आउने दाबी गर्दै एनसेलले तिर्ने करको आधामात्र रकम भएको बताए । उनले एमसीसीको सम्झौतामा एमसीसीमा कार्यरत कर्मचारीले गलत गरेमा नेपालको कानूनले कारबाही गर्न पाईदैन भन्ने कुराको उदाहरण दिँदै कुनै चेलीबेटी बलात्कार गरे नेपालको कानूनले कारबाही गर्न नपाईने बुंदा मान्न नसकिने बताए । उनले बलभद्र कुँवर, अमर सिंह थापा, पृथ्वी नारायण शाह, जनक राजाको नेपाल भएकोले नेपालको बारेमा निर्णय गर्ने अधिकार भारतको अनुमति लिनुपर्ने बुंदा मान्य नहुने उनले दाबी गरे । एमसीसीको अडिट अमेरिकाको कम्पनीले गर्ने भन्ने कुरा मान्य हुन नसक्ने उनले बताए । पार्टी कार्यकर्ता तथा जिम्मेवार नागरीकको बिरुद्ध अमेकिन आर्मीले अन्याय गर्दा बोल्न नमिल्ने कानून आफूहरुलाई मान्य नहुने बताए । उनले नेताहरुलाई कोठाभित्र भन्दा माईतीघरमा आएर जनतालाई एमसीसीले यो फाईदा हुन्छ भनेर विश्वास दिलाउन अग्रह गर्दै कोठाभित्र अर्बौंको फाईदाका लागि गरे नर्णय जनतालाई मन्य नहुने शहीको दाबी छ ।
अमेरिकाका एनजिओबाट अर्बौ पौसा आएपनि नेपालको विकास नभएको स्मरण गर्न नेपाली जनतालाई आग्रह गर्दै एमसीसी अमेरिकाको नेपाल कब्जा गर्ने राणनीतिमात्र भएको बताए ।





