काठमाडौं । योगेश भट्टराईकी पत्नी बिन्दा घिमिरेले नसिंङ पास गराईदिन्छु भन्दै एकजना परिक्षार्थीसँग तीन लाख घुष मागेको काण्ड पछिल्लो समय नेकपा अध्यक्ष केपी ओली सरकारको पछिल्लो काण्डको रुपमा देखिएको छ ।

मन्त्री भट्टराईले आफ्नी पत्नीले गल्ती नगरेको भन्दै सामाजिक सञ्जालमा गल्ती गरेको भए छानविन र कारबाही हुने दाबी गरेका छन् । नर्सिङ काउन्शीलकी सदस्य रहेकी पत्नी घिमिरेले मिडियामा उक्त कुराकानी गर्ने को हो प्रमाणीत गर्न चुर्नाती दिएकी छन् भने कुराकानी गर्ने एकजना नर्स जीता बराल रहेकी छन् ।

जीता बरालको तस्विर एस्एम्एस्मा स्पष्ट देखिन्छ भने अर्को कुराकानी गर्ने को हो तस्विर देखिँदैन । त्यसमा तस्विर नराखेको वा तस्विर लुकाईएको के हो अनुसंधानले पत्ता लगाउला नै तर मन्त्री पत्नीलाई तीन लाख घुष दिनुपर्ने बताउनाले योगेश भट्टराई पुनः बिबादमा तानिएका छन् ।
नेकपाका शक्तीसाली मन्त्री गोकुल बाँस्कोटा ७० करोड घुष काण्डको टेप बाहिरिएसँगै राजीनामा दिएको महिनादिन नबित्दै मन्त्री भट्टराईको पत्नी बिद्याका कारण बिबाद भएको छ। म्यासेजमा दिईएको आईएमई नम्बरहरु सत्य नभएको बताईएको छ । अझै अनुसंधान हुने र सत्यतथ्य पत्ता लाग्ने बहस राजनीतिक बृतमा हुन थालेको छ ।





