काठमाडौं । केहीबेरअगाडी पोखरामा भूकम्प गएको छ । विश्वभर कोरोनाको त्रासले छोईरहेका बेला आएको भूकम्पले नेपालीहरुको मानसपटलमा नकारात्मक असर पारेको छ । भूकम्पमापन केन्द्रले ५ रेक्टर स्केल मापन गरेको भूकम्प ०७२ सालको नोपलको माहाभूकम्पपछिको निरन्तरताको रुपमा देखिएको छ ।
नेपालभर बस्ने दाजुभाईदिदीबहिनीहरुले सामाजिक सञ्जालमा भूकम्पको बारेमा चिन्ता ब्यक्त गरेका देखिन्छन् ।
कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताए ।
भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३८ भूकम्प गइसकेका छन् ।





