बाग्मती

उपत्यका बाहिर जान चाहनेलाई शुक्रबार र शनिबार खुल्ला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौंमा खानपीन लगायतबाट अप्ठेरोमा परेकाहरुलाई शुक्रबार र शनिबार काठमाडौं बाहिर जाने ब्यवस्था मिलाउने निर्णय गरेको छ । आज बसेको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलको नेतृत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । हिजो सुनसरीका ५० भन्दा बढी मजदुरहरु पास र गाडी नपाएर घरतिर हिँडेर गएको समाचार आएपछि सरकारले उक्त निर्णय गरेको हो ।

मजदुरी गर्नेहरु काठमाडौमा खान नै समस्या परेपछि बुधबार हिँडेर सुनसरी गएको समाचार आएपछि बैकल्पीक व्यवस्था गरेर बाहिरकालाई बाहिर पठाउनुपर्ने दबाब सरकारलाई थियो । कोरोना संक्रमणका कारण लकडाउन भएका कारण मध्यम तथा बिपन्न बर्गकाहरुले काठमाडौंमा ठूलै दुःख पाईरहेका छन् । कोरोना स्रक्रमण नियन्त्रण, रोकथाम तथा उपचार समितिको बैठकले उक्त निर्णय गरेको हो ।

अलपत्र परेका तथा बेरोजगार नागरिकलाई बाहिर पठाउन सरकार लागि परेको मन्त्ती बसन्त कुमार नेम्वाङले बताए ।