पु.समाचार

काँग्रेसले बोलायो मंगलबार बिहान पदाधिकारीको आकस्मिक बैठक

८ बैसाख, काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक मंगलबार बिहान ९.०० बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको छ । काँग्रेस प्रवक्ता बिश्व प्रकाश शर्माले उक्त कुराको जानकारी दिएका छन् ।

आज सरकारले संबैधानिक परिषद र राजनीतिक दल सम्बन्धी बिधेयक प्रस्ताव गरी राष्ट्रपति बिद्यादेबी भण्डारीले पास समेत गरेपछि आएका पछिल्ला राजनीतिक चुनौतीको कसरी सामना गर्दै अगाडी बढ्ने भन्ने बिषयमा प्रमुख प्रतिपक्षी दल काँग्रेसको बिशेष बैठक बस्न लागेको बताईएको छ ।

सभापति शेरबहादुर देउवाले बिज्ञप्ती निकाल्दै माहामारीके बेला सरकारले बिधेयक पास गर्नतिर लागेको भन्दै बिरोध जनाएपनि संस्थागत रुपमा धारणा बनाउन काँग्रेस पदाधिकारी बैठक बस्न लागेको देखिन्छ ।