पु.समाचार

पूर्बसचिव उपाध्यायबिरुद्ध अदालतमा मुद्धा दर्ता, पाँच बर्ष कैद सजाय माग

१४ बैसाख, काठमाडौं । पुर्ब स्वास्थ्य सचिव भीम उपाध्याय बिरुद्ध बिद्युतिय करोबार ऐन २०६३ अनुसार मुद्धा दर्ता भएको छ । बिद्युतिय कारोबार ऐन अनुसार सरकारी वकीलको कार्यालय काठमाडौं मार्फत जिल्ला अदालतमा मुद्धा दर्ता भएको हो । ललीतपुरस्थीत निवासबाट पक्राउ परेका उनलाई तीन दिनको म्याद थपेको थियो ।

सामाजिक सञ्जालमा स्वास्थ्य मन्त्रालय तथा सरकारलाई जथाभावी लेखेको भन्दै समातेको भनिएको छ । पूर्ब सचिव उपाध्यायलाई ५ बर्ष कैदको माग गरिएको छ । सोमबार उपाध्यायको मुद्धामा बयान र थुनछेक बहस हुने छ ।