पु.समाचार

अन्तर्राष्ट्रिय मजदुर दिवश, सूजताको शुभकामना अनि गिरिजा प्रसादको जुटमिल आन्दोलन

१९ बैसाख, काठमाडौं। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्ब उपप्रधानमन्त्री सुजाता कोईरालाले १३१ औंं अन्तर्राष्ट्रिय मजदुर दिवशमा सम्पूर्ण मजदुरहरुमा शुभकामना दिएकी छन् ।

उनले बि सं २००३ सालमा बिराटनगरको जुटमिलबाट गीरीजा वावुले सुरु गर्नु भएको इतिहासीक मजदूर आन्दोलनको नेपाली प्रजातान्त्रिक आन्दोलनमा आफ्नै ठुलो महत्व र पहिचान भएको स्मरण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमिक-मजदूरहरुलाई शुभकामना ब्यक्त गरेकी छन् ।

नेतृ कोईरालाले कोभिड–१९ को महामारी मा सम्पूर्ण श्रमिक–मजदूरहरु र सबैजना सुरक्षित एवं स्वस्थ रहन समेत शुभेच्छा प्रकट गरेकी छन् । २००३ सालमा बिराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनको नेतृत्व नेपाली काँग्रेसका पूर्ब सभापति तथा उनका बुवा गिरिजा प्रसाद कोईरालाले गरेका थिए । नेतृ कोईरालाले पूर्ब कार्यबाहक राष्ट्रप्रमुख समेत भईसकेका गिरिजा प्रसाद कोईरालालाई समेत सम्झेकी छन् । मजदुर दिबशका दिन गिरिजा प्रसादलाई सूजातालेमात्र नभएर काँग्रेस र सिंगो राष्ट्रलेसम्झनुपर्ने मजदुर नेताहरुको भनाई छ।

नेतृ कोईरालाको आफ्नै शब्दमाः बि सं २००३ सालमा बिराटनगरको जुटमिलबाट गीरीजा वावुले सुरु गर्नु भएको ऐतिहासीक मजदूर आन्दोलनको नेपाली प्रजातान्त्रिक आन्दोलनमा आफ्नै ठुलो महत्व र पहिचान छ।

१३१औं अन्तर्राष्टिय विश्व श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमिक–मजदूरहरुलाई शुभकामना ब्यक्त गर्दछु। कोभिड–१९ को महामारी मा सम्पूर्ण श्रमिक–मजदूरहरु र सबैजना सुरक्षित एवं स्वस्थ रहनु होला।
जय नेपाल।
मा. सुजता कोइराला