राजनीति

विश्वप्रकाश भन्छन्ः हाम्रो हातमा नक्सा भारतको हातमा जमिन हुनुहुँदैन

६ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालीको हातमा नक्सा र भारतको हातमा जमिन हुन नहुनेमा जोड दिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाा नक्सा सार्वजनिक गर्नु स्वागत योग्य भएपनि हाम्रो हालमा नक्सा भारतको हातमा जमिन हुनुहुँदैन भनेका छन् । उनले भारतिय सेना कालापानीबाट फिर्ता हुनुपर्नेमा जोड दिँदै नेपालको पुरै भुभागमा नेपालको पुर्ण हक कायम हुनुपर्छ भनेका छन् । साथै ओली सरकारको अब वास्तविक परिक्षा प्रारम्भ भएको उनको भनाई छ ।

प्रवक्ता शर्माले सीमा विवादको विषयमा नेपल सरकारको दुवै छिमेकीसंग गहन कुटनैतिक पहल शुरु गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले लिपुलेक, कालापानी र लिम्पियधुरा समेटेर नयाा नक्सा सार्वजनी गरेपनि कांग्रेसको तर्फबाट यस्तो प्रतिकृया आएको हो ।

यसअघि विभिनन राजनीतिक दल लगाएत ले पनि सरकारको उक्त कार्यको स्वागत गर्दै नेपाली भूमिबाट भारतिय शेना हटाउनु पर्नेमा जोड दिएका छन् ।

 

उनको ट्वीटः नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य । भारतिय सेना कालापानीबाट फिर्ता हुनुपर्छ,नेपालको पुरै भुभागमा नेपालको पुर्ण हक कायम हुनुपर्छ । अब सरकारको वास्तविक परिक्षा प्रारम्भ भएको छ । दुवै छिमेकीसंग गहन कुटनैतिक पहल शुरु गर्नुपर्छ । हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न ।