समाचार

संविधान संशोधन लगाएतको विषयमा छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बस्दै

३१ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी आज दिउँसो १२.३० बजे बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको जानकारी दिएको हो ।

आजको बैठकमा कांग्रेसले आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा उभिन निर्देशन जारी गर्ने नेताहरुले बताएका छन् । हालसम्म संसदका सबै राजनीतिक दल संविधान संशोधनको पक्षमा उभिएका छन् । उनीहरुले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितसहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेकोमा स्वागत गरेका छन् ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान संशोधन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिएका छन् । कांग्रेसले संविधान संशोधनमा सरकारलाई समर्थन गरिसकेको छ ।