१५ असार काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण फेरी एक व्यक्तिको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत रौतहटका २९ वर्षे पुरुषको गएराति मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । अस्पताल स्रोतका अनुसार दमका रोगि समेत रहेको कोरोना संक्रमीत ति व्यक्तिको स्वास्थ्य अवस्था बिग्रीएपछि भेन्टिेलेटरमा राखेको केहि समयमै मृत्यु भएको थियो । कोरोना संक्रमण देखिएपछि ति व्यक्तिको उपचार भईरहेको थियो ।
यद्यपी स्वास्थ्य मन्त्रालयले भने मृत्युको पुष्टि गर्न बाँकी छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमीतको संख्या वढ्नुको साथै मृत्यु हुनोके सङ्ख्या पनि थपिँदै गएको छ ।





