पु.समाचार

आन्दोलनमा उत्रिएका तिन सय वढी ट्याक्सी प्रहरी नियन्त्रणमा

१६ असार काठमडौं । सरकारका बिरोधमा आन्दोलनमा उत्रिएका करिक ३ सय ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनका कारण आफुहरु भोकै मर्नलागेको भन्दै पर्दशनमा निस्किीएका ट्याक्सी समातिएका हुन् ।

उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिएका छन् ।

लकडाउनका कारण लामो समयदेखी ट्याक्सी चलाउन नपाएको भन्दै ट्याक्सी चालक आन्दोलीत भएका हुन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेर बिरोध जनाएका छन् ।

उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।