अन्तर्राष्ट्रिय

कोरोना संक्रमीत सङख्या,भारत तेस्रो स्थानमाः झण्डै ७ लाख व्यक्ति संक्रमीत

२२ असार काठमाडौं । कोरोना संक्रमीतको तेस्रो स्थानमा भारत पुगेको छ । संक्रमीत संङ्ख्याको आधारमा अमेरिका, ब्राजिल पछि तेस्रो स्थानमा भारत रहेको छ ।

भारतमा कोरोना संक्रमीतको सङ्ख्या झण्डै ७ लाख नजिक रहेको छ । त्यहाँ ६ लाख ९७ हजार ८ सय ३६ जना संक्रमीत छन् । भने १९ हजार ७ सय को मृत्यु भएको छ ।

यस्तै ४ लाख २४ हजार ८ सय ९१ जना उपचारपछि निको भएका छन् । साथै ८ हजार ९ सय ४४ को अवस्था गम्भिर रहेकाले मृतकको सङ्ख्या अँझ वढ्नसक्ने अनुमान छ ।