सामाजिक सञ्जाल

संग्रौलाको प्रश्नः नवराज हत्या अनुसन्धान दुई उच्च जातका मुखियाको सत्ता लुछाचुँडीमा हरायो कि ?

२३ असार काठमाडौं । वुद्धिजिवी, लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले रुकुम घटनालाई लिएर सरकारलाई घच्घच्याउँदै प्रश्न गरेका छन् । साहित्यकार संग्रौलाले रुकुममा भएको नवराज हत्याकाण्ड अनुसन्धान दुई उच्च जातका मुखियाको सत्ता लुछाचुँडीमा हरायो कि ? भन्ने प्रश्न गरेका छन् ।

उनले नवराज विकहरूको नृशंस जातीय हत्याको अनुसन्धान प्रक्रिया कता पुग्यो ? भन्ने प्रश्न गर्दै दुई कथित उच्च जातका मुखियाको सत्ता लुछाचुँडीको कोलाहलमा यो प्रक्रिया गायब भएको पो हो कि भन्ने आसंका व्यक्त गरेका छन् । उनले अगाडी भनेका छन्ः गृहमन्त्रीको आयोगको प्रतिवेदन त दमपच भो होला, संसदीय समिति कहाँ हरायो ? भत्ता ज्युनार गर्नमै मग्न भको त नहोला भनेका छन् ।

गत जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजसँगै पाँचजना उनका साथीहरुको पनि हत्या गरिएको थियो ।

उनको ट्वीटः नवराज विकहरूको नृशंस जातीय हत्याको अनुसन्धान प्रक्रिया कता पुग्योरुदुई कथित उच्च जातका मुखियाको सत्ता लुछाचुँडीको कोलाहलमा यो प्रक्रिया गायब भएको पो हो कि ! गृहमन्त्रीको आयोगको प्रतिवेदन त दमपच भो होला, संसदीय समिति कहाँ हरायोरुभत्ता ज्युनार गर्नमै मग्न भको त नहोला !