अन्तर्राष्ट्रिय

ब्राजिलका राष्ट्रपतीमा देखियो कोरोना संक्रमण

२४ असार एजेन्सी । ब्राजिलका राष्ट्रपतीमा कोरोना संक्रमण देखिएको छ । राष्ट्रपती जाएर बोलसोनारोमा ज्वरो लगाएतका लक्षण देखिएपछि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो । ६५ वर्षका राष्ट्रपतीले सोमबार कोरोना जाँच गराएको बिबिसीले जानकारी दिएको छ ।

मंगलबार आएको रिपोर्टमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भन्दै उनले यसमा डराउनुपर्ने कुनै कारण नरहेको बताएका छन् । यसअघि मास्क र भौतिक दूरीको पक्षमा नभएको भन्दै राष्ट्रपति बोलसोनारोको आलोचना समेत हुने गरेको थियो ।

कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ ।