अन्तर्राष्ट्रिय

अन्ततः अमेरिकाले डब्लुएचओसंग औपचारिक रुपमै सम्बन्ध तोड्यो

२४ असार एजेन्सी । कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको र चिनकोमात्रै पक्ष लिएको भनि रुष्ट हुँदै आएको अमेरिका अन्ततः डब्लुएचओसंग औपचारिक रुपमै अलगिएको ।

यसअघि अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले विभिन्न आरोप लगाउँदै डब्लुएचओलाई दिँदै आएको अनुदान रोक्ने र सम्बन्ध तोड्ने चेतावनी दिँदै आएका थिए ।

युरोपियन युनियन र अन्य विभिन्न राष्ट्र र संघ–संस्थाले त्यसो नगर्न ट्रम्पलाई आग्रह गर्दै आएका छन् । तर उनले त्यसको बेवास्ता गर्दै संयुक्त राष्ट्र संघको एजेन्सीबाट अलग भएर त्यहाँ लगानी गर्ने गरिएको रकम अन्यत्र दिने बताएका छन् ।

र, अन्ततः डब्लूएचओसँग अलग हुने जानकारीसहित औपचारिक पत्र नै पठाएका हुन् । अमेरिकाले यही जुलाई ६ मा त्यस्तो पत्र डब्लूएचओलाई पठाएको कुरा संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ । तर यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्ष लाग्न सक्ने बताइएको छ ।

अमेरिकाको विपक्षी सांसदले भने ट्रम्पको यो निर्णयको आलोचना गर्दै यसले अमेरिका र अमेरिकी नागरिकलाई हानि पु¥याउने प्रतिक्रिया दिएका छन् ।