पु.समाचार

टोखा घुस काण्डः डिल्लीबजार मालपोत प्रमुख अख्तियारको फन्दामा, अनुसन्धान हुँदै

२४ असार काठमाडौं । डिल्ली बजार मालपोत प्रमुख लाई अख्तियारले नियन्त्रणमा लिएको छ । असार २ गते मालपोत अधिृत रघुवंश कँडेलसहित ६ जनालाई घुससहित रंगेहात नियन्त्रणमा लिएको अख्तियारले उनिहरुकै बयानका आधारमा मालपोत प्रमुख गोबिन्द अधिकारीलाई पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेकाहरुको बयानको आधारमा प्रमुख अधिकारीलाई सोधपुछकालागि पक्राउ गरेको अख्तियारको भनाई छ ।

सेवाग्रहीसंग जग्गाको कित्ताकाट गर्ने आदेश गरिदिए बापत घुसको मोलमोलाई गर्दै गर्दा मालपोत अधिकृत सहित खरिदार दिपक खनाल, नायब सुब्बा उद्वब राप्कोटा,नवराज घिमिरे, नारायणप्रसाद पोख्रेल र गोपाल खड्कालाई पक्राउ गरेको थियो ।

घुस बापत लिएको ८ लाख ५० हजार रकम सहित उनिहरुलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । यस्तै अख्तियारका प्रवक्ताले प्रदिप कोईरालाले अनुसन्धानकालागि नियन्त्रणमा लिएको व्यक्तिलाई सावर्जनिक गर्न नमिल्ने भन्दै अनुसन्धान गर्ने बताएका छन् ।