समाचार

सुन तोलामा ४ सयले घट्योः छापावाल सुन तोलाको ९८ हजार ४ सय

७ भदौ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा तोलामा चार सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार ९८ हजार ८ सयमा छापावाल सुनको कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ । गत शुक्रबार तोलाको १३ सय ७० मा कारोबार भएको चाँदी आइतबार तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।