प्रवास

सजगता अभियानले तोक्यो अमेरिका/क्यनडाका र एसिया संयोजक

१५ भदौ, काठमाडौं । युवा जागरण सजगता अभियानले अमेरिका र क्यनडाका संयोजकमा रामेश्वर बुर्लाकोटि र एसिया संयोजकमा डिपी कंडेललाई जिम्मेवारी दिएको छ । यस्तै अभियानले सुदुरश्चिम प्रदेश संयोजकमा ईन्जीनिएर भुवन भट्टलाई जिम्मेवारी दिएको छ ।

यस्तै जिल्ला संयोजकहरुमा कंचनपुरका शंकर उपाध्याय, डोटीका बम बहादुर कठाएत, कैलालिमा रघुराज उपाध्याय, डडेल्धुरा सोहन गैराल, बैतडी मोहनसिंह विष्ट, बझाङ भरत भण्डारी, बाजुरा हिरेन्द्र बहादुर रोकाया, र अछाममा शुसिल भण्डारीलाई जिम्मेवारी तोकेको छ ।

अभियानका अध्यक्ष तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा समेत रहेका चिन्तन पौडेलले पछिल्लो समय सजगता अभियानलाई सक्रिय बनाउँदै विभिन्न जिल्लाहरुमा नियुक्ति तोकिरहेका छन् ।

अध्यक्ष चिन्तनले संगठन विस्तार , नीति , योजना तथा कार्यक्रम संचालनको लागि सुदुर पश्चिम प्रदेश र विदेशमा संयोजन गर्ने हरुको जिम्मेवारी तोक्दै उनले नव नियुक्तहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।