१६ भदौ, काठमाडौं । टाईप टु मधुमेह र मिर्गाैला पीडित कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२ः४५ मा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिएका छन् ।
बिगत १७ दिदेखी उपचाररत वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका निवासी ५३ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको हो । गत साउन ३० गते गरिएको स्वाब संकलनको भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएका कारण उनलाई ३१ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । पछिल्लो समय वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या वढीरहेको छ ।





