पु.समाचार

उपत्यकाका तिन सिडिओको बैठक बस्दै, बुधबारबाट निषेधाज्ञा थपिएला त !

१६ भदौ, काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाका बारेमा छलफल गर्न तिन प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।

गत भदौ ४ गतेदेखी जारी निषेधाज्ञा बुधबारराति १२ बजेदेखी सकिँदै छ ।निषेधाज्ञाको समय सकिनै लाग्दा त्यसको पुर्व सन्ध्यामा सिडिओहरु छलफलमा जुट्न लागेका हुन् ।

कोरोना संक्रमण बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञा सकिन लाग्दा निषेधाज्ञा थप गर्ने या हटाउने भन्ने विषयमा छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सिडियो हरुको भर्चुअल बैठक आज हुन काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिकजसो कोरोना संक्रमणको अत्यधिक बढ्दै जोखिम बढेपछी तिन जिल्ला अधिकारीको समन्वयमा निषेधाज्ञा जारी गरिएको थियो ।

बाह्य जिल्लाहरुबाट आउनेहरुका कारण उपत्यकाम दैनि जसो २ सय वढी व्यक्तिमा कोरोना पुष्टि हुने गरेको छ ।