१६ भदौ, कास्की । गण्डकी प्रदेशका विभिन्न स्थानमा गरी एकैदिन ३९ जना कोरोना संक्रमित फेला परेका छन् । लमजुङबको बेंसिसहरमा २६, नवलपुरको विनय त्रिवेणी र देबचुलिमा १०, कास्कीको पोखरामा २, र बागलुङमा १ जना गरी ३९ जनाम कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा १४ वर्षीय नाबालक देखी विभिन्न कर्मचारी रहेका छन् । संक्रमितहरुमा एकजना जिल्ला अस्पतालका कर्मचारी / बैंकका कर्मचारी, प्रहरी र पत्रकार लगाएतका रहेका छन् ।
कन्ट्याक ट्रेसिङका क्रममा उनिहरुमा कोरोना पुष्टि भएको हो । साथै संक्रमित हुनेमा नेपाल पर्यटन बोर्ड पोखराका पदाधिकारी समेत रहेका छन् । र उनको उपचार भईरहेको छ ।
आज ३९ जना नयाँ संक्रमित थपिएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ५ पुगेको छ ।





