पु.समाचार

चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि

१७ भदौ, चितवन । चितवन जिल्लामा २८ सहित अन्य विभिन्न स्थानमा गरी ३५ जना कोरोना संक्रमित थपिएका छन् । चितवनस्थित कोभिड अस्पतारमा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका प्रमुख डाक्टर नीतु अधिकारीका अनुसार संक्रमित हुनेहरुमा चितवनका २८ जना हुन भने नवलपरासी, सिरहा, बारा, धनुषा,रुपन्देहीमा ७ जना रहेक छन् ।

यस्तै संक्रमित पुष्टि हुने चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिका वडा नं. २, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६ मा संक्रमित थपिएका हुन् ।

उनीहरु २१ देखि ५८ वर्ष उमेरका रहेका छन् । यस्तै चितवनकै रत्ननगर नगरपालिका वडा नं. १० मा २७ वर्षीया एक महिला र राप्ती नगरपालिका वडा नं. ९ मा ३५ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको डा. अधिकारीले जानकारी दिइन् ।

यस्तै नवलपरासीका २ पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमितहरु धनुषा, रुपन्देही, सिरहा र बाराका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या निकै बढेको छ ।