पु.समाचार

५ देखी ७० वर्षे बृद्धगरी वीरगञ्जमा एकैदिन थपिए ६४ नयाँ कोरोना संक्रमित

१७ भदौ, वीरगञ्ज । ५ वर्ष देखी ७० वर्षे बृद्ध गरी वीरगञ्जमा थप ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ४ सय ९० जनाको स्वाब संकलन गरि परिक्षण गर्दा २८ महिला सहित ५ वर्षदेखी ७० वर्षक व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पुष्टि हुने व्यक्तिहरु पछिल्लो समय कोरोनाको हटस्पट बनेको वीरगञ्जको बारा र पर्साका हुन् । संक्रमित हुनेमा बाराका ५० जना रहेका छन् भने पर्साका १३ जना रहेका छन् ।

यस्तै संक्रमितहरु वीरगन्ज महानगरपालिका–४ बिर्तामा २ जना, मुर्लीमा एक जना र वडा १८ मा एक जनामा कोरोना पोजिटिभ देखिएको छ । यसै गरि कलैया उपमहानगरपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको छ ।

कलैया– १ मा ५ जना, ७ मा ५ जना, २३ मा ३ जना, २ मा ६ जना, ४ मा ६ जना, ६ मा एक जना, ९ मा एक जना, २० मा ४ जना, ८ मा एक जना, ५ मा ७ जना, ३ मा एक जना, २० मा ४ जना र वडा २१ मा एक जनामा कोरोना पुष्टि भएको हो ।

तीन संक्रमितको वडा नखुलेको डा. अतुलेश चौरसियाले बताएका छन् । एक संक्रमित गण्डक अस्पतालका छन् । पर्साको बहुदरमाई नगरपालिकामा थप ८ जना संक्रमित थपिएका छन् । बहुदरमाई–४ मा ५ जना, ६ मा दुई जना र वडा नं ५ मा एक जनामा संक्रमण देखिएको हो । पछिल्लो समय वीरगञ्ज कोरोनाको हटस्पट बनेको छ । त्यहाँ दैनिकजसो संक्रमितहरु थपिईरहेका छन् भने मृतकको संख्या पनि बढेको छ ।