पु.समाचार

स्टाफनर्स र प्रहरी सहित गण्डकी प्रदेसशमा ३६ जनामा देखियो कोरोना

१७ भदौ, कास्की । गण्डकी प्रदेशका विभिन्न स्थानाम गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, नवलपुर र तनहुँमा गरेर ३६ जना नयाँ संक्रमित थपिएका हुन् ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट ३६ जनामा संक्रमण पुष्टि भएकोमा २० जना प्रहरी पनि रहेका छन् । साथै एक जना स्टाफ नर्स समेत रहेका छन् ।

संक्रमित पुष्टि भएकाहरुमध्य २ महिला सहित २३ जना कास्कीका, ४ महिला सहित ७ जना नवलपुरका, दुई महिला र दुई पुरुष गरी ४ जना लमजुङका र एक/एक जना महिला र पुरुष गरी दुई जना तनहुँका रहेका छन् । साथै संकमित पुष्टि हुने केहि व्यक्ति कन्ट्याट्रेीसङ बाट आएका हुन् ।