पु.समाचार

सभापति देउवाले ४८ जनालाई गरे काँग्रेसको प्रचार बिभागमा मनोनयन (नाम सहित)

१८ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले ४८ जनालाई पार्टीको प्रचार बिभागमा मनोनयन गरेका छन् ।

नेपाली कांग्रेसका देउवाले नेपाली पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम आज  पार्टीका सूचना, संचार तथा प्रचार विभागमा ४८ जना सदस्यहरु मनोनयन गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मनोनित हुनेहरुमा गोबर्धन राना मगर (तनहुँ), बजरंग नेपाली (महोत्तरी), सुरेश आचार्य (सिन्धुली), नीर शाह (काठमाडौं), नन्दकृष्ण जोशी (बझाङ्ग), युवराज गिरी (रुपन्देही), कन्हैयालाल केशरी (पर्सा), जितेन्द्र यादव  (रौतहट), विमल ठकुरी (काठमाडौं), हेमन्त कर्माचार्य (बांके), गोविन्द कोइराला (सुर्खेत), विजय सम्वाहाम्फे लिम्बू (तेह्रथुम), अञ्जनी झा (महोत्तरी), समीरजंग शाह (जाजरकोट), गोपाल झा (महोत्तरी), मीनबहादुर भाम (मुगु) विष्णुमणि घिमिरे (सर्लाही), सन्तोष चौधरी थारु (सिरहा), प्रफुल्ल घिमिरे (धनुषा), अञ्जना अर्याल (नुवाकोट), दिपेश विष्ट (काठमाडौं), सञ्जय महतो थारु (चितवन), लाई मनोनयन गरेका छन् ।

राजकाजी गुरुङ (कास्की), रामचन्द्र घिमिरे (काठमाडौं), मधुकर खनाल (काभ्रे), गोविन्द परियार (कास्की), विमलचन्द्र विष्ट (ललितपुर),दिनेश थापा मगर (सिन्धुपाल्चोक), विमल सुवेदी (विदेश क्षेत्र, मध्यपूर्व, कतार), नारायण सुवेदी (विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान), चिजकुमार तामाङ (विदेश क्षेत्र, यूरोप, पोर्चुगल), देशराज संयोक लिम्बू (विदेश क्षेत्र, अमेरिका), बीरेन्द्र बिजुक्छे (कास्की), बसन्त रोकाय (हुम्ला), विपेन्द्र गौतम (पाँचथर), सुसन बैद्य (काठमाडौं), रोहित विश्वकर्मा (भोजपुर), कल्प पौडेल (पाल्पा), देवेन्द्र गौतम (झापा), मोहमद वजीह अर्सद, (कपिलवस्तु), तेजशंकर भट्ट (कैलाली), राधा क्षेत्री (पर्वत), टेकराज अवस्थी (डोटी), अनिता शर्मा (पश्चिम नवलपरासी), भेषबहादुर थापा (दैलेख), रमेश जोशी (डडेल्धुरा), सागर श्रेष्ठ (सिन्धुपाल्चोक), विकल राई  (खोटाङ) लाई नियुक्त गरेक छन् ।  

साथै, सभापतिले विभागको उपप्रमुखमा डा। श्री सुरेश आचार्य र सचिवमा श्री दिनेश थापा मगरलाई मनोनयन समेत गरेका छन् ।