स्वास्थ्य

आजबाट काठमाडौं मेडिकल कलेजमा ओपिडि टिकट निशुल्क, जित्यो तिन करोड जनताको मन

१८, भदौ काठमाडौं । काठमाडौं मेडिकल कलेजले सिनामंगल र दुवाकोट अस्पतालमा साधारण ओपीडि लिन आउने बिरामिलाई बिहिबार आजबाट निशुल्क टिकटको व्यवस्था गरेको छ ।

अस्पताल व्यवस्थापनको अध्यक्षमा डा सुनिल शर्मा नियुक्त भएको केहिदिनमा नै उक्त अस्पतालले बिरामिका लागि निशुल्क टिकटको व्यवस्था गर्नु सर्वसाधारण बिरामिका लागि सुखद पक्ष देखिएको छ ।

अस्पतालले कोरोना माहामारीले विश्वनै संकटमा परेकाबेला सहज व्यवस्थापन गरेको अस्वथा हुँदा–हुँदै निशुल्क टिकट दिने व्यबस्था गरेर सरकारलाई चुनौति मात्रै दिएको छैन सरकार र अनय महंगा निजी अस्पताल उदाहरण प्रस्तुत गरेको छ ।

यसका साथ–साथै अस्पतालले स्वास्थ्य क्षेत्रमा हुने आर्थिक बिकृतिको अन्त्य गर्ने बाटोमात्रै खोलेको छैन तिन करोड जनताको मन जित्ने प्रयास समेत गरेको छ ।