पु.समाचार

ललितपुरमा आज बिहानै देखि कफ्र्युः उल्लंघन गरे गोली हान्ने सम्मको आदेश

काठमाडौँ, १८ भदौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज (शुक्रबार) बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरिएको हो ।

कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा आज रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो ।

स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो ।

निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए । शान्तिसुरक्षा र चमनचयन कायम राख्न कफ्र्यु जारी गरिएको जिप्रकाले जनाएको छ ।

साथै कफ्र्युका उल्लंघन गरी घर बाहिर नस्केमा वा अन्य काम गरेमा सुरक्षाकालागि खटिएका सुरक्षा अधिकारीले गोलिहान्न सक्ने अधिकार दिईएको छ । यसर्थ प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा घरबाहिर ननिस्कन आग्रह गरेको छ ।