समाचार

आजदेखी मौसम केहि खुुल्दैः मुलुकका केहि स्थानमा भने बर्षाको सम्भावना

केही दिनयता बिग्रिएको मौसम सफा हुने क्रममा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १ मा पूर्णतया बदली छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।

काठमाडौं उपत्यका र देशका अधिकांश ठाउँको मौसममा बिहानैदेखि सुधार देखिएको छ । भारतको बिहारमा न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली) कमजोर हुने क्रममा रहेकोले नेपालको मौसममा क्रम सुधार आएको हो ।

आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही एकरदुई स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का एकरदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।