प्रदेश 1

जनसम्पर्क समिति बेलायतद्वारा तरुण नेता देवकोटाको उपचारका लागि एक लाख ९० हजार हस्तान्तरण!

१६ असोज, लण्डन । चक्रघट्टी निवासी नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका सुनसरी जिल्ला पुर्व अध्यक्ष दुर्गा देवकोटाको सहयोगमा नेपाली काँग्रेस जनसम्पर्क समिति वेलायतले एक लाख ९० हजार सहयोग संकलन गरेको छ । सुनसरी जिल्ला बर्तमान अध्यक्ष सिजन गुरुगंको आग्रहमा जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुगंले उक्त रकम सहयोग गरी देवकोटा परिवारलाई हस्तान्तरण गरेका हुन् ।
अमेरिका बस्ने नेपालीहरुबाट केहीदिन अगाडी दुईलाख २३ हजार हस्तान्तरण भईसकेको छ भने सुनसरी जिल्ला नेपाली काँग्रेसले एक लाख १७ हजार दिईसकेको छ । बिभिन्न ब्यक्ती तथा संस्थाहरुले नेता देवकोटाको दुबै मृगौला फेल भएको उपचारमा सहयोग गरिरहेका छन् । सुर्यखबर डट् कमले समाचार सम्प्रेशण गरेपछि नेपाली काँग्रेस स्थानीय, जिल्ला तथा तरुण दललगायत सरोकारवाला ब्यक्ती तथा संस्थाले देवकोटाको उपचारमा गम्भीर चासो देखाएर सहयोग संकलन गरि हस्तान्तरण गरिरहेका छन् ।
उक्त एक लाख ९० हजार रकम शुक्रबार(आज) तरुण जिल्ला समिति र तरुण दल बराह नगर समितिले अपरान्ह संयुक्त रुपमा हस्तारन्तरण गर्ने कार्यक्रम रहेको सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुगंले सुर्यखबरलाई बताए । तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले देवकोटाको उपचारमा कुनै कसर बाँकी नराखिने बताईसकेका छन् ।

अगाडीका समाचारहरु:

अध्यक्ष बस्नेतको आग्रहमा दुबै मृगौला फेल भएका देवकोटाको उपचारमा अमेरिकामा उठ्यो २ लाख २३ हजार

नेविसंघ नेता घिमिरेद्वारा तरुण दलका पूर्ब अध्यक्ष देवकोटा/मानव सेवा आश्रमका लागि ५१/५१ हजार सहयोग

तरुण दलका पुर्ब अध्यक्ष देवकोटा दुईवटै मृगौला फेल भएका कारण संकटमा, सहयोगका लागि अपील