३ कार्तिक, काठमाडौं । चाडपर्वको चहलपहल बढेपछि मोरङमा आजदेखी निषेधाज्ञा लागू गरिएको छ । दशैंको चहलपहल बढेसँगै पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुन् । त्यस्तै झापा र सुनसरीमा भने एकदिनअघिबाट नै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेका हुन् ।
प्रदेश १ को सबैभन्दा बढी संक्रमित देखिएको जिल्ला मोरङमा आजदेखि कार्तिक १५ गते राती १२ः०० बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ । चाडपर्व र परम्पराका नाममा गरिने पूजापाठ र बली कार्यमा संलग्न हुँदा हुने भीडभाडलाई रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताएका छन् । मोरङमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्मका निषेधाज्ञा लागू हुनेछ ।
अहिले गरिएको निषेधाज्ञा पुजा पाठ बली चढाउने कार्य रोक्नु र दशैंको समयमा शक्तिपीठमा बलीदिनेहरुको भीडभाड हुने त्यतिमात्र नभई शुभकामना आदानप्रदान भन्दै राजनीतिक विभिन्न संगठनका नाममा गरिने ठूलाठूला कार्याक्रमलाई पनि रोकिएनु भएको जनाईएको छ ।
त्यसै गरी साँझ ८ बजेदेखि विहान ५ बजेसम्म राजमार्गमा चल्ने बाहेक लामो दुरीका बाहेक अन्य आवात जावतमा रोक लगाइएको छ । सो समय पसल, होटेलदेखि मानिसको आवत जावत समेत बन्द गरिएको छ ।





