पु.समाचार

आगामी निर्वाचनका विषयमा आयोगले आज सर्वदलीय छलफल गर्दै

४ माघ, काठमाडौं । आगामी निर्वाचनका विषयमा निर्वाचन आयोगले सर्वदलीय छलफल गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

सोहि निर्वाचनका बिषयमा छलफल गर्न आयोगले बैठक बोलाउने बिर्णय गरेको हो । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको जनाईएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिए ।

कोरोना संक्रमणको महामारीको बेला निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले आलोचना गर्दै आएका छन् । भने प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा दुई समुहमा बिभाजित भएको छ ।

ओली समुह निर्वाचनमा जाने पक्षमा छ भने प्रचण्ड–नेपाल पक्ष भने संसद बिघटनका बिरुद्ध चरणबद्ध आन्दोलनमा छ ।