पु.समाचार

संबैधानिक ईजलासमा सुरु भयो,संसद बिघटन बिरुद्धको रिटमाथि सुनुवाई

४ माघ, काठमाडौं । आजदेखी संबैधानिक ईजलासमा संसद बिघटन बिरुद्धको रिटमाथि सुनुवाई सुरु भएको छ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपतीले संसद बिघटनको निर्णय फिर्तामो माग गर्दै परेको रिटमा सुनुवाई सुरु भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ सुरु हो ।

आज रिट निवेदकहरुले सुरुमा बहस गर्दैछन् । रिट निवेदकले सबै निवेदक र कानुन व्यवसायीले बहस गर्न पाउनुपर्छ भन्दै समय तोकिदिन माग गरेका छन् । यसअघि वृहत पूर्णइजलासमा रिटहरुको सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेमा विवाद थियो ।

तर, सर्वोच्च अदालतले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध एक दर्जन बढी रिट सर्वोच्च अदालतमा दायर भएका छन् । ओलीले संसद बिघटन गरेपछि नेकपाको दाहाल-नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा लगाएतका आन्दोलनमा छन् ।