१० माघ, काठमाडौँ । अच्युत कृष्ण खरेल र करिशा महर्जन नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनमा भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा बिजयी भएका छन् ।
ऐतिहासिक सहर किर्तिपुरको जाखामा भएको च्याम्पियन सिपमा ३७ मिनट २७ सेकेन्डका साथ खरेलले प्रथम स्थान हात पारेका हुन् । उनले जिम्बु थकालीको तर्फबाट प्रदान गरिएको २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग भौचर प्राप्त गरे ।
स्थानिय खेलाडीहरुलाई प्रोत्साहन गर्दैैै नव प्रतिभाहरुलाई ट्राईयाथलन खेल संग आवद्ध गर्ने र खेल समूदायको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको च्याम्पियन सिपको महिला तर्पm एक मात्र प्रतिस्पर्धी करिशाले १ घण्टा ८ मिनट ३० सेकेन्डका साथ बिजय हात पारिन् । उनले काठमाण्डौ गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरिन् ।
यस्तै पुरुष तर्फ ४५ मिनट १२ सेकेन्डका साथ आर्यन राई दोश्रो र ४५ मिनट २१ सेकेन्डका साथ सुशिम चित्रकार तेश्रो भए । दोश्रो हुने खेलाडीले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरे । यसका साथै प्रत्येक बिजयी खेलाडीहरुले आयोजक जम्प नेशनको तर्फबाट प्रदान गरिएको ब्याग प्राप्त गरे ।
२.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि.दौडको क्रस दुवाथलनको बिजयी खेलाडीहरुलाई किर्तिपुर नगरपालिकाका मेयर रमेश कुमार महर्जन, किर्तिपुरका डिएसपी रुकेश तण्डुकार, वडा नं. ६ का अध्यक्ष, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
स्थानिय स्तरमा स्थानिय संस्थाहरु संग समन्वय गर्दै नव प्रतिभा पहिचान सहित खेलाडी उत्पादनका साथै खेल समुदायको बिकास गर्ने उद्धेश्य जम्प नेशनको रहेकोले सोही लक्ष अनुरुप खेल क्षेत्र संग सहकार्य गर्न जम्प नेशन अगाडी बढेको हो ।
सिरिजको पहिलो संस्करण काठमाण्डौको उत्तरभेगिय प्राचिन सहर टोखामा सम्पन्न भईसकेको छ । प्रत्येक दुई हप्तामा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । यसैगरि चौथो संस्करण टोखा, पाँचौ किर्तिपुरमा हुनेछ । तीन महिना सम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना हुनेछ ।





