१३ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईरालाले आन्दोलनमा उत्रिएका नागरिक समाजमाथि प्रहरीले गरेको ज्यादतीको कडा शब्दमा निन्दा तथा भत्सना गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेता कोईरालाले शान्तिपुर्ण रुपमा संसद बिघटन गर्ने ओली सरकारको निर्णयका बिरुद्ध उत्रिएकाहरुमाथि गरेको लाठी चार्ज, लगाएत प्रहरी दमनप्रति निन्दा तथा भत्सना गर्दै नेता कोईरालाले माफि माग्न ओली सरकारलाई आग्रह गरेका छन् ।
डा.कोईरालाले देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपुर्ण प्रदर्शनमा रहेका नागरिक समाज माथि ओली सरकारको वर्वरताको निन्दा र भत्सर्ना जति गरेपनि नपुग्ने बताएका छन् । त्यो अपराधको दण्डबाट मुक्ति मन्दिरमा गरिने पुजा र कम्युनिष्ट शब्दकोषको आत्मालोचना कहिँबाट सम्भब नभएको बताएका छन् ।
त्यसकारण ओली सरकारले नागरिक समाजसँग क्षमा माग्नुपर्नेमा उनको जोड छ । सोमबार संसद बिघटनका बिरुद्धमा आन्दोलनमा उत्रिएक नागरिक समाजलाई प्रहरीले पानीको फोहरा, लाठिचार्ज लगाएत धरपकड गरेको थियो । प्रहरीको उक्त कार्यको चौतर्फि आलोचना भएका बेला डा.कोईरालाले यस्तो माग गरेका हुन् ।
उनको ट्वीटः देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपुर्ण प्रदर्शन रहेका नागरिक समाज माथि वर्वरताको निन्दा र भत्सर्ना जति गरेपनि पुग्दैन । त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पुजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मालोचनाबाट नै । सरकार,नागरिक समाजसँग क्षमा माग ।






