१७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यताबाट मुक्तिका लागि पनि ताजा जनादेशमा जानु उपयुक्त हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
अध्यक्ष थापाले बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नेवारे संविधानमा केही अस्पष्टता रहेको र त्यसको निराकरण सर्वोच्च अदालतले गर्ने भन्दै यसमा व्याख्याको जरुरी रहेको बताएका छन् । यस्तै संसदीय प्रजातन्त्र भएको देशमा ताजा जनादेशमा जाने निर्णय स्वभाविक भएको उनको भनाई छ ।
थापाले नयाँ चुनावमा जांदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातन्त्र सम्मत नभएको पनि बतए। नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन नभई संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यता प्रतिको बिश्वासको अभिव्यक्ति भएको अध्यक्ष थापाको धारणा छ ।
संविधानको आशय स्थिरता भएको र विघटनले नभई पुनःस्थापनाले अस्थिरता ल्याउने स्पष्ट रहेको उनको दाबी छ । विगतको अनुभव दृष्टिगतगर्दै संविधानले स्थिरतालाई जोड दिएको बताए । अध्यक्ष थापाले चुनावमा पूर्णबहुमत प्राप्त दल फुटाएर, सांसद किनबेच गरेर,अपवित्र गठबन्धन बनाएर सरकार बनाउ र अस्थिरताको श्रृंखला चलाउ भन्ने संविधानको आशय कदापि नभएको बताएका छन् ।
वहुमतको सरकार चल्न नसके नयाँ चुनाव सर्वमान्य प्रजातान्त्रिक अभ्यास भएको उनको भनाई छ । अध्यक्ष थापाले निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जनागर्ने कार्यले बरु संविधान र प्रजातन्त्रलाई कमजोर बनाउने बताएका छन् ।
सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्न ढिलो हुंदा राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जाने खतरा भएको चेतावनी दिएका छन् ।
उनको स्टाटसः






