सामाजिक सञ्जाल

ओलीलाई गुरुङको चुनौतीः पहिले ईश्वरको नाममा सपथ खाने आँट गरम त…

२० माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले पशुपतिनाथ मन्दिरमा जलारी चढाउने कुरामा सहमत भएको तर राज्यको ढुकुटीबाट पशुपतिनाथमा १ सय १ किलोको सुनको जलारी चढाउने भन्दै आक्रोस व्यक्त गरेका छन् ।

उनले ओलीलाई पहिले ईश्वरको नाममा सपथ खाने आँट गर्न चुनौती दिएका छन् । ओलीको पशुपनि मन्दिरमा पुजालाई लिएर बिभिन्न टिका-टिप्पणी भईरहेका बेला नेत गुरुङले यस्तो ट्वीट गरेका हुन् । 

उनको ट्वीटः ॐ नमो शिवाय ! ॐ नमो शिवाय !! ॐ नमो शिवाय !!! पशुपतिनाथ मन्दिरमा जलारी चढाउने कुरामा सहमत छु । तर राज्यको ढुकुटीबाट पशुपतिनाथमा १०१ किलोको सुनको जलारी चढाउने महासयजी ! पहिले ईश्वरको नाममा सपथ खाने आँट गरम त ।